दफा ११
कूटनीतिक सुविधा प्राप्त सवारी
(१) कूटनीतिक नियोग वा कूटनीतिक सुविधा प्राप्त कार्यालय, योजना, निकाय वा व्यक्तिको नाममा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई कूटनीतिक सुविधा प्राप्त सवारी भनिनेछ ।
(२) कूटनीतिक सुविधा प्राप्त सवारीको पहिचानको लागि सो सवारीको अगाडि तथा पछाडि अनुसूची –२ को खण्ड (च) मा लेखिए बमोजिमको नम्बर प्लेट राख्नु पर्छ ।